तपाईँ सुन्दै हुनुहुन्छः

भारतले सिमा मिचेको विरुद्धमा जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम – नेपालको कालापानी तथा लिपुलेगलाई भारत सरकारले आफ्नो नक्सामा पारेको घटनाको विरोध गर्दै जनकपुरधाममा पनि आज विरोध प्रदर्शन गरिएको छ ।

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसवाट अनेरास्ववियुका विद्यार्थीहरुको अगुवाईमा निष्केको जुलुसले नागरको विभिन्न भागको परिक्रमा गर्दै नेपालको सीमा मिच्न पाईदैन, ईन्डिया गो व्याक नारासहित जुलुस प्रदर्शन गरेका थिए ।

जुलुस क्याम्पस चौकवाट शुरु भएर विद्यापति चौक, रामचौक, जनक चौक, शिव चौक, भानु चौक हुदै जनक चौकमा पुगेर सम्पन्न भएका थिए । कार्यक्रममा सहभागि भएका विद्यार्थी नेताहरुले तत्काल भारतले नक्सा सुधार गर्नु पर्ने माग गरेका थिए ।

यसै बीच नेपाल विद्यार्थी संघले पनि भारतले नेपालको भूभागलाई समेटेर नयाँ नक्सा तयार पारेको विरोध गर्दै नेपाल विद्यार्थी संघले पनि जनकपुरधामा विरोध प्रदर्शन गरेको छ ।

जनकपुरधामको भानु चौकवाट शुरु भएको विरोध जुलुसको नेतृत्व नेपाल विद्यार्थी संघका पुष्पेन्द्र गोईतले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button