तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत भन्सार जाँच चौकी छिट्टै सञ्चालनमा आउने

विराटनगर । विराटनगरमा एकीकृत भन्सार जाँच चौकीको निर्माण सम्पन्न भएसँगै छिट्टै सञ्चालनमा आउने भएको छ ।

विराटनगरमा एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य हालै सम्पन्न भएसँगै सञ्चालनको तयारी शुरु भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्वतर्फ भारतीय सिमानासँग जोडिएको बुधनगरको १२९ बिघाहा क्षेत्रफलमाएकीकृत जाँच चौकीको संरचना तयार गरिएको हो । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माणकार्य सन् २०१६ बाट मात्र शुरु भएको थियो ।

एकीकृत भन्सार चौककिो निर्माणको ठेक्का लिएर भारत अहमदावादको एक कम्पनीले एक अर्ब १४ करोड भारतीय रुपैया लागतमा निर्माण सम्पन्न गरेको हो ।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँच चौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेका जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ ।

विविध कारणले निर्माणमा ढिलो भएको भनिए पनि अगामी केही दिनमै सो जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button