तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन

काठमाडौँ  – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएका उम्मेदवारहरुको विरोधमा उजुरी नपरेको र भोली अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा गरी ४ स्थानमा हुने निर्वाचनमा ६५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button