तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञान र प्रविधिलाई आमजनताको पहुँचमा पर्याउनुपर्ने :मन्त्री पोखरेल

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई आम जनताको पहुँचसम्म पु¥याउन विज्ञानमा आधारित अभियानको खाँचो रहेको बताउनुभएको छ ।

विश्व विज्ञान दिवसको आवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले प्राचिनकालदेखि नेपालले विज्ञान र प्रविधिका क्षेत्रमा गरेका कामहरुको समुचित मूल्याङ्कन गर्दै विज्ञान र प्रविधिलाई आमजनताको पहुँचमा पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले शिक्षित, समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान र प्रविधिलाई समुदाय, विश्वविद्यालयको अनुसन्धान र विद्यालय तहसम्म जोडेर लैजान आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को पुर्नंसंरचना गर्दै यस क्षेत्रमा आवश्यक जनशक्तिको प्रक्षेपण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले शिक्षा, विज्ञान र प्रविधि सम्बन्धि नीति बनाईसकेको र सरकार त्यस अन्तर्गतका कानुन निर्माण र वित्तिय व्यवस्थापनमा अघि बढिरहेको जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्व विज्ञान दिवसलाई प्रभावकारी बनाउन बार्षिक क्यालेन्डर बनाएर बर्षै भरि विभिन्न कार्यक्रमहरु गर्न लागिएको बताउनुभयो ।

नाष्टका उपकुलपति सुनिलवावु श्रेष्ठले विज्ञान र प्रविधिलाई आम जनतासम्म पु¥याउन सरकारले आवश्यक जनशक्ति उत्पादन र अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।

दिवसको अवसरका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, युवा बैज्ञानिक डा. असिम ढकाल, डा. अन्नदा राजभण्डारी, प्राध्यापक डा. तारानिधि भट्टराई, र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले विज्ञान र प्रविधि सम्बन्धि फरक–फरक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सरकारले यसैबर्षदेखि नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै विश्व विज्ञान दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button