तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सक अभावका कारण सञ्चलनमा आउन नसकेको कोल्टीको आकस्मिक प्रसुती केन्द्र अलपत्र

बाजुरा – बाजुरा बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन हुने भनिएको आकस्मिक प्रसुती सेवा अझै सञ्चलनमा आउन सकेको छैन् ।

आवस्यक दक्ष जनशक्ती र उपकरण व्यवस्थापन गर्न नसक्द प्रसुति सेवाकेन्द्र अलपत्र परेको हो । बाजुरालगायत हुम्ला मुगुका नौ वटा स्थानीय तहका महिला आकस्मिक प्रसुति सेवाबाट बञ्चित भएका हुन् ।

स्वास्थ्य सेवा बिभाग सियस कार्यक्रमका संयोजक डाक्टर ईन्द्रप्रसाद प्रजापतिका अनुसार “बाजुराको भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपाल सरकार स्वास्थ्यसेवा विभागबाट गत वर्षदेखि उक्त सेवा सञ्चालन ल्याउने नीति कार्यक्रम तथा बजेट स्वीकृत भएको छ । ” “ यद्यपी आकस्मिक प्रसुति सेवा सुुचारु गर्न लगातार ताकेता गर्दापनि जिल्ला स्तरबाट सुनुवाई भएको छैन् ।

उक्त सेवाका लागि खरिद गरेका पकरण जिल्ला स्वास्थ्य कार्यालयमै थन्किएका छन् । सियस (सिजेरियन शेक्सन ¬)सघन प्रसुति सल्यक्रिया कक्षका लागि डाक्टरको पनि अभाव छ । तिनलाख रुपैंया तलब दिन्छुभन्दा पनि डाक्टर बाजुरा जान मानिरहेका छैनन् । तैपनि म डाक्टरको खोजीमा छुु ” संयोजक प्रजापतिले भन्नुभयो ।

उपकरण नै नजोडीकन डाक्टरले के काम गर्छ ? डाक्टर प्रजापतिको प्रतिप्रश्न छ । आकस्मिक प्रसुति सेवा केन्द्रको लागि गत वर्षको बजेट पनि फ्रिज गयो । यो वर्ष पनि जनशक्ती ब्यवस्थापनको लागि तिस लाख रुपैंया स्वीकृत भएको छ । आर्थिक वर्ष सुरु भएको चार महिना बितिसकेको छ ,प्रसुती सेवा सुचारु गर्ने कुनै सुरसार छैन् ।

ग्रामीण क्षेत्रका महिलालाई मध्यनजर गरी स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुती सेवा सञ्चालन गर्ने नीति कार्यक्रम तथा बजेट जिल्ला स्वास्थ्य कार्यलयसँग छ । तर दुर्गममा चिकित्सक अभावका कारण सेवा सञ्चालनमा ल्याउन नसकेको जिल्ला सवास्थ्य कार्यालय प्रमुख अशोककुमार साहले जानकारी दिनुभयो । समानका लागि गत वर्ष दुुइपटक बोलपत्र आह््वान गर्दा गत अषाढमा सामान खरिद ठेक्का स्वीकृत भयो । अषाढ अन्तिममा दश लाख रुपैया बराबरको सामान त आयो । तर,दक्ष जनशक्तीको खोजीमा छौं । सम्पर्कमा कोही आएका छैनन् स्वास्थ्य प्रमुख साहले भन्नुुभयो ।

गत वर्ष स्थानीय डाक्टर सत्य शाहीलाई करार नियुक्ती गर्न खोजेको हो । तलव विषयमा बिबाद हँदा डाक्टर शाहीले बस्न नमानेको बुडीनन्दा नगरपालिकाकी उपप्रमुख श्रृष्टी रेग्मीले जानकारी दिनुुभयो ।

क्वटेशनका आधारमा करार सम्झौता गरी तलव दिन सकिने नेपाल सरकारको कानुनी ब्यवस्था छ । तर,सथानीय तहमा नेपाल सरकारको तलव स्केल भन्दा बढि दिन नमिल्ने भन्दै तत्कालिन प्रमुख प्रशासकिय अधिकृतले रोकेपछि आकस्मिक सेवा सुचारु हुन नसकेको उपमेर रेग्मीले बताउनुुभयो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले डाक्टरलाई तलव सविधा दिन आनाकानी गरेपछि कोल्टीमा उक्त सुविधा पुर्याउन ढिलाई भएको पनि उपप्रमुख रेग्मीले टेलिफोन सम्पर्कमा भन्नुभयो । यस वर्ष पनि दक्ष जनशक्ती ब्यबस्थापनका लागि तिस लाख रुपैंया बजेट विनियोजन भएको छ । आकस्मिक प्रसुति सेवाका लागि सात जनाको दरवन्दी आवस्यक छ । हामीसँग एस्पिए तालिम लिएका स्थायी कर्मचारी छन्, तिनीहरुलाई पनि ब्यवस्थापन गरेका छौँ ।

पछिल्लो समयमा सुत्केरीको उद्धार गर्न प्रदेशबाट हेलिकप्टर चाटर गरियो । वर्षमा चार जना महिलाको उद्धार गर्न लाखौं रुपैया खर्च भयो । तर , कोल्टी स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सञ्चालन नहुदा कम लागतमा बाजुरालगायत हुम्ला ,मुगुका नौ स्थानीय तहका महिलालाई सुविधा दिन सकिएका छैनौँ । केही दिनमा सामान तत्काल ढुवानी गराउछौं । डाक्टरको आवस्यकता हो, तत्काल विज्ञापन गरेर डाक्टर भर्ना गर्छौं उपमेयर रेग्मीले भन्नुभयो ।

कोल्टी स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सञ्चालन गर्ने कार्यक्रम स्वीकृत भएर आएको छ । यद्यपी दक्ष जनशक्ती समायोजनको नाममा भएका कर्मचारी बाहिर पठाउँदा थप समस्या आएको छ । यो समस्या बुढीनन्दा नगरपालिकाको मात्र नभएर बाजुरालगायत छिमेकी जिल्लाको पनि हो । कर्मचारी माथि आस्था र भनसुनका आधारमा सरुवा नगरी कार्यदक्षताको आधारमा कर्मचारी ब्यबस्थापन गर्नपर्ने बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवहादुर वि कले बताउनुयो ।

गत वर्ष पनि बजेट आयो फ्रिज भयो । यो वर्ष पनि बजेट त आएको छ ,आकस्मिक प्रसुती सेवा भने सुचारु हुने नहुुुने थाह भएन । काम गर्नु प¥यो बजेट अभाब हुंदैन कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख धनबहादुर थापाले भन्नुुभयो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ८÷९ घण्टाको पैदल दुरीको बाटो हिडेर दिनमा २०÷२५ । जना प्रसव पीडाका महिला आउँछन् । कतिपयलाई सल्यक्रिया गर्नुपर्ने हुन्छ । उपकरण तथा दक्ष जनशक्ती ब्यस्थापन गर्न नसक्दा जिल्ला अस्पताल तथा र जिल्ला बाहिर रिफर गरिन्छ । सुत्केरी आमाको अकालमा ज्यान नजाओस भनेर नै होला नेपाल सरकार स्वास्थ्य सेवा विभागले सिओएन्सी कार्यक्रम सञ्चालन गर्न सिनियर अनमी “म” लगायतका कर्मचरीलाई वटी (सल्यक्रिया तालिम)गराएको छ । तर काम पाएको छैन सिनियर अनमी प्रमिला विष्टले भन्नुुभयो ।

स्थानीयस्तरमा आकस्मिक प्रसुती सेवा सञ्चालन नहुंदा प्रसव पिडाका महिलाको उद्धार गर्न केही महिना यता प्रदेश सरकारले चार पटक हेलिकप्टर प्रयोग गरेको थियो । हालै मात्र बुढीनन्दा नगरपालिकाका लागि खरिद गरिएको एम्बुलेन्स धनगढी ,कन्चनपूरलाई दिएपछि बाजुरा कुण्डाक्षेत्रका विरामीले थप सास्ती बेहोर्नु परेको छ । सम्बद्ध निकायले सडक सञ्जाल, स्वास्थ्य, शिक्षा र सञ्चारलगायतका आधारभुत आवस्यकतालाई पहिलो प्राथमिकतामा राख्न जिल्लाबासीको सुुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button