तपाईँ सुन्दै हुनुहुन्छः

डेन्टल फेसियल सेन्टर सञ्चालन

कैलाली-धनगढीमा नेपाल डेन्टल फेसियल सेन्टर आइतबारदेखि सञ्चालनमा आएको छ । डेन्टल फेसियल सेन्टर सञ्चालनसँगै यस क्षेत्रका बासिन्दाले डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्नका लागि काठमाडौँ अथवा भारत जानुपर्ने बाध्यता घट्दै जाने भएको छ । धनगढीमै कार्यरत पाँच जना डाक्टरको टिमले रु छ लाखको लगानीमा नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरेको हो । धनगढीसहित सुदूरपश्चिम प्रदेशभरी डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्ने सेन्टर नभएका बेला नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरिएको सञ्चालकमध्येका एक डाक्टर दीपक ठकुराठीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब सेन्टरको स्थापनाले बाहिर जानुपर्ने समस्या हट्दै जानेछ । चटकपुरस्थित सिपी अस्पतालका सञ्चालक डाक्टर सिपी पाण्डेयले उक्त सेन्टरको उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button