तपाईँ सुन्दै हुनुहुन्छः

डोटीका विभिन्न गाउँपालिका  १० वडा स्वास्थ्य संस्था विहीन

डोटी – डोटीका विभिन्न गाउँपालिका अन्तरगतका दश वटा वडाहरु स्वास्थ्य सस्था विहिन रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

नेपाल सरकारबाट स्विकृत मापदण्ड अनुसार जिल्लाका ९ वटा स्थानीय तहका कूल ६५ वडाहरुमध्ये ५५ वडाहरुमा मात्रै मापदण्ड पुगेका स्वास्थ्य सस्था रहेको र ५ स्थानीय तहका १० वडा स्वास्थ्य सस्था विहिन रहेको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमूख रमेश मलासीले जानकारी दिए ।

उनका अनुसार ति १० वडामा सामुदायिक स्वास्थ्य इकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्रहरु भएता पनि मापदण्ड पूरा भएका आधारभुत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वटै वडाहरु स्वास्थ्य सस्था विहीन रहेको मलासीले बताए ।

स्वास्थ्य सस्था विहिन वडाहरुमा बडिकेदार गाउँपालिकाको वडा नं. २, दिपायल सिलगढी नगरपालिकाको वडा नं. ३, ४ र ७, आदर्श गाउँपालिकाको वडा नं. ३, सायल गाउँपालिकाको वडा नं. २, ५ र ६ र शिखर नगरपालिकाको वडा नं. ३ र ८ रहेको स्वास्थ्य कार्यालय डोटीका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

जसका कारण संविधानतः मौहिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रवाहमा कठिनाई रहेको छ ।

ति वडाहरुमा तत्काल स्वास्थ्य सस्था स्थापना गर्नका लागि स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिस माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिस आई नसकेको र सिफारिस आएमा मन्त्रालयमा विवरण पेश गरी चालु आर्थिक वर्षभित्रै स्वास्थ्य सस्था स्थापनाका लागि पहल चालिने स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button