तपाईँ सुन्दै हुनुहुन्छः

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा   

कर्तारपुर, पाकिस्तान –  शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन् ।  ती भारतीय शिखहरु सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि दुई देशबीचको ऐतिहासिक सम्झौताअनुसार आफ्नो धर्मको सबैभन्दा पवित्र स्थलमा पुगेका हुन् ।

शिख धर्मका संस्थापक गुरु नानकको तीर्थस्थल भारत–पाकिस्तान सीमाबाट चार किलोमिटर भित्र पाकिस्तानमा रहेको एउटा सानो शहर कर्तारपुरमा अवस्थित छ । यस स्थानमा गुरु नानकको मृत्यु भएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कर्तारपुर भ्रमणका लागि भारतीय शिखलाई पाकिस्तान आउन निःशुल्क प्रवेशाज्ञा दिने घोषणा गर्नु भएको थियो ।

यस घोषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको संवेदनशीलतालाई बुझी प्रधानमन्त्री खानले गर्नु भएको सहयोगका लागि धन्यवाद दिनु भएको थियो ।
रासस /एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button