२०७६ साल मंसिर २७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

असार मशान्त भित्र निजि आवास पुन निमार्ण सक्ने मेलम्ची नगरपालिकाको लक्ष्य

देवराज सुवेदी २०७६ कार्तिक २६ गते १०:४१

मेलम्ची । मेलम्ची नगरपालिकाले पुन निमार्ण सम्बन्धि छलफल गरि समयसिमा तोकेको छ ।
आज मेलम्ची नगरपालिकामा बसेको बैठकले २०७७ साल असार मशान्त भित्र निजि आवास पुन निमार्ण सक्ने लक्ष्य लिएको हो ।

बैठकले दोहोरिएको लाभग्राहि सुचिमा रहेका नामावली हटाउने निर्णय समेत गरेको नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्किले जानकारी दिनुभयो ।

नगरपालिकाले पुर्ननिमार्णमा खटिएका संघसस्थाहरुलाई परिचालन गरि समयमै निजि आवास निमार्ण कार्य सक्ने लक्ष्य लिएको छ ।

बैठकमा नगरप्रमुख डम्बर अर्यालले निजि आवास निमार्ण सकेर सार्वजानिक स्थलहरुको पुननिमार्ण गर्नपर्ने बताउनुभयो । उहाँले मठ मन्दिर, गम्बा,लगाएतका संरचना बनाउन ढिला भइसकेको भन्दै निजि आवास पुन निमार्णको कार्य छिटोगरि सक्नका लागि सहयोग गर्न बैठकमा सहभागि संघ सँस्थाका प्रतिनिधि ,पुननिमार्णमा खटिएका इन्जिनियर, वडा अध्यक्ष हरुलाइ आग्रह गर्नुभयो ।

बैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिले नगरपालिकाको लक्ष्यलाई साथ दिने प्रतिबद्धता गरेका छन् । त्यस्तै सम्झौता भएर पहिलो किस्ता लिने लाभग्राहिहरुलाइ कार्तिक मसान्त भित्र डि पि सि सक्न नगरपालिकाले आग्रह गरेको छ ।