तपाईँ सुन्दै हुनुहुन्छः

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं।शिख धर्मका प्रवत्र्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो ।

उहाँले शिख धर्मग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उहाँले गराउनुभयो । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहिब’ पाठ गराउनका साथै साधुसन्तलाई भण्डारा गरिएको स्वामी गोकुलानन्दले राससलाई जानकारी दिनुभयो ।

यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाइँदैछ । प्रमुख वैष्णव सम्प्रदायमध्ये निम्बार्क सम्प्रदायका प्रवत्र्तक जगद्गुरु निम्बार्कको जन्मजयन्ती पनि आजै मनाइँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button