तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा ७ स्थानीय तहका ७ वडा अध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता हुदै

धनगढी । आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्र्तगत सुदूरपश्चिम प्रदेशमा ७ स्थानीय तह सदस्य (वडा अध्यक्ष) पदका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुदैछ ।
जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारी मनोनय दर्ताका लागि समय तोकिएको निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशमा पाच जिल्लाका ७ वटा स्थानीय तहमा ७ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । जसमा डोटीको आर्दश गाउँपालिका २, बाजुराको त्रिवेणी नगरपालिका १, अछामको मेल्लेख गाउँपालिका ५, कञ्चनपुरको पुर्नवास नगरपालिका ३, बैतडीको पुर्चौंडी नगरपालिका ४, सुर्नया गाउँपालिका १ र दोगडाकेदार गाउँपालिका ४ मा रिक्त वडा अध्यक्ष पदका लागि मसिंर १४ गते उपनिर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ । ती तहमा १० हजार ९ सय २७ मतदाता रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button