तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा हुने उपनिर्वाचनमा नेकपा र कांग्रेसद्वारा  मनोनयन दर्ता

अछाम – अछाममा वडा अध्यक्षका लागि आगामि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारको टुंगो लगाई चुनावी अभियान शुरु गरिसकेका यी दुई दलले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मदवारी दर्ता गराएका हुन् ।

मेल्लेख गाउँपालिका वडा नम्बर ५ मा हुने वडा अध्यक्षको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टीले रमेश बहादुर खड्का र नेपाली कांग्रेसले बिर बहादुर बोहरालाई उम्मेद्धार चयन गरी मनोनयन दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष राम बहादुर बोहराको बाजुराको बडिमालिका दर्शन गर्न जाने क्रममा २०७४ साउन २१ गते लेक लागेर ज्यान गएपछि वडा अध्यक्ष पद रिक्त रहेको थियो ।

मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्देबासीनीमा २ वटा मतदान स्थल र ३ वटा मतदान केन्द्र तोकिएको छ । वडामा जम्मा एक हजार ९ सय ४ जना मतदाता रहेका छन । जस मध्ये १ हजार २ जना महिला र ९ सय २ जना पुरुष मतदाता रहेका छन् ।

मंसिर ५ गतेबाट मतदाता शिक्षा सुरु हुने र एक नमूना मतदान कार्यक्रम समेत हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख गजेन्द्र प्रकाश थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button