तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा वडाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी  दर्ता गराएका छन् ।
वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको निर्धारित समय भित्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कृष्ण तामाङ, नेपाली कांग्रेसका दीप बहादुर तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
सम्बन्धित राजनीतिक दलका नेता कार्यकर्ता सहित उम्मेदवारहरूले  पुनर्वासमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
वि.संं. २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट पुनर्वास नगरपालिका वडा नम्बर ३ मा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button