तपाईँ सुन्दै हुनुहुन्छः

मुख्मन्त्री राउत अमेरिका प्रस्थान

बीरगंज – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत आज अपरान्ह अमेरिका प्रस्थान गर्नु भएको छ । एशोसिएशन नेपाली तराईयन इन अमेरिकाको साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री लालबाबु राउत अमेरिकातर्फ प्रस्थान गर्नु भएको मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादवले बताउनुभयो ।

कार्तिक ३० गते एशोसिएशन नेपाली तराईयन इन अमेरिकाको साधारण सभामा सहभागि हुन मुख्यमन्त्रीको साथमा प्रदेश नम्बर २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झासमेत आज अपरान्ह कतार एयरवेजमार्फत अमेरिका तर्फ प्रस्थान गर्नु भएको यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button