तपाईँ सुन्दै हुनुहुन्छः

धरान उपमहानगरको प्रमुख पदमा २३ जनाको उम्मेदवारी

सुनसरी – मंसीर १४ गते हुने उपनिर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार प्रमुख राजनीतिक दलहरु नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टीसहितका पार्टीबाट १२ र स्वतन्त्र १० जना गरी २३ जनाले उम्मेदवारी दर्ता गरेको सुनसरीका मूख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कातर्फबाट प्रकास राईले धरानको प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै नेपाली काँग्रेसकातर्फबाट तिलक राई, समाजवादी पार्टीका तर्फबाट गजेन्द्रबहादुर लिम्बु, संघिय लिम्बुवान मञ्च नेपालका अमर इजम, राष्ट्रिय जनमुक्ती पार्टीबाट गोकर्ण राई, राप्रपाबाट रोशन विश्वकर्मा, राप्रपा संयुक्तबाट कुमार बराईली, नेकपा मालेबाट एकराज सुब्बा, राप्रपा लोकतान्त्रिकबाट भिमबहादुर लिम्बु , संघीय खुम्बान लोकतान्त्रिकका एलिसा राई, आमुल परिवर्तन मसियहा पार्टीका छत्रबहादुर विकलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै धरान उपमहानरपालिकाको प्रमुखमा स्वतन्त्रबाट हर्कराज राई, राजन कुमार श्रेष्ठ, अमृत कुमार राई, जनार्दन कोईराला, मनराज राई, रुद्र बस्नेत, दावा शेर्पा, श्यामकृष्ण पहाडी भुजेल, कुमार भट्टाई, विशाल थापा, दिनेश श्रेष्ठ लगायतकाले उम्मेदबारी दिएका छन् ।

त्यसैगरी धरान वडा नम्बर ७ को वडाअध्यक्षका लागि नेकपाका जिवनराज सुवेदी, नेपाली कांग्रेसका सुबर्णमोहन पलिखे, संघिय लिम्बुवान मञ्जकी निता राई, राप्रपाका दिनेश शाक्यसहित चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उमद्वारी दर्ता गर्नका लागि मूख्यदलहरु नेकपा र काँग्रेसले बाजागाजासहित हजारौ कार्यकर्ताहरु सहभागी गराई नरा जुलुससहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएका थिए ।

उमेदवारी दर्ता पश्चात नेकपाका उमेद्वार प्रकास राईले आफ्नु जित सुनिश्चित भएको दावी गरेका छन् । कांग्रेसका तिलक राईले पनि यस पटक आफुले धरानको प्रमुख पदमा निर्वाचित भई धरानको नेतृत्व गर्न अवसर प्राप्त हुने दावी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button