तपाईँ सुन्दै हुनुहुन्छः

कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा   

कुवेत सिटी-  कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गर्नु भएको छ ।

कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुभएको उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाउनु भएको छैन ।

सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिनुभएको हो ।

खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button