तपाईँ सुन्दै हुनुहुन्छः

ग्यारेजले बदलिदिएको जीवन

बर्दिया । रोजगारी लागि परदेशमा पुगेका बर्दियाका धिरज शाही यत्तिखेर स्वदेशमै फर्किएर राम्रो आम्दानी गरिरहनुभएको छ ।

विदेशमा राम्रो कामई होला र परिवारलाई राम्रोसँग सुखमा पालौंला भन्ने सपना असफल बनेसँगै स्वदेश फर्किएका यी यूवा यत्तिखेर भने स्वदेशमै राम्रो आम्दानी गरेको बताउनुहुन्छ ।

यत्तिखेर उनी आफूमात्र स्वरोजगार बनिरहेका छैेनन् अरुलाई पनि स्वरोजगार बनाउने अभियानमा हुनुहुन्छ । समस्याहरु हुँदा हुदै पनी समस्यालाई अवसरमा बदल्ने कमै मानिसहरु मध्येका एक हुन् धिरज । धिरज त्यस्तो युवा हुनुहुन्छ, जसले आफूले दिनहुँ भोगेको समस्यालाई अवसरमा बदल्दै आफनो जिवनशैली नै बदल्नुभयो ।

३६ वर्ष लागेका धिरजको भोगाइमा काम गर्न लजाउनु नै असफल हुनु हो । ‘जसले लाज मान्यो उसले कहिल्यै प्रगती गर्न सक्दैन ।’

केही बर्ष अघि गुलरिया नगरपालिका ८ बस्ने शाही जीवनमा केही गर्ने आश लिएर मलेशिया पुग्नुभएको थियो । धन कमाउने आशामा परदेश पुगेका धिरजले त्यहाँ त्यति कमाई गर्न सक्नु भएन नत उहाँ उनलाई त्यति गतिलो काम नै मिल्यो । बिदेशमा थूप्रै धन कमाएर जिन्दगीको बाटो बदल्न हिडेका धिरजलाई बिदेशको तितो सत्यताले भने अवशरको ढोका खोलिदियो ।

धिरज भन्नुहुन्छ, ‘ सबैको आ–आफ्नो समस्या हुन्छ,त्यसलाइ चिन्न सक्नुपर्छ, त्यो मैले चिने ।’

पुरानो थोत्रो मोटरसाइकलले खोलिदियो अवशरको ढोका
धिरजको पुरानो मोटरसाइकल थियो । मोटरसाइकल सधैजसो विग्रिरहने गथ्र्यो । अन्तत त्यही समस्याग्रस्त मोटरसाइकल जस्ले धिरजको भाग्य खोलिदियो । ‘आफुले चढ्ने पुरानो मोटरसाइकल प्रायःजसो बिग्रिरहन्थ्यो,जतिपटक बनाउँदा पनि नहुने । राम्रो बनाउने ठाउँ पनि नभेटिने ।’ धिरजले सुनाउनुभयो । उहाँले थप्नुभयो ‘कहिलेकाहीँ त लाग्थ्यो, यो फालिदिउँ ।’ मोटरसाइकल बिग्रिरहने समस्याले मर्मतका लागि धेरै टाढा टाढा जानुपर्थो । यही पीडाले आफै ग्यारेज खोल्छु भन्ने सोच आयो धिरजले भन्नुभयो । आज यही ग्यारेजले मेरो जीवन बदलिदियो उहाँले सुनाउनुभयो ।

‘बर्दियामा राम्रो बनाउने ठाउँ र बनायो भने धेरै पनि महगों मलाई लाग्यो, म यही मोटरसाइकल राम्रोसँग बनाउने ग्यारेज खोल्छु । अनि मैले जस्तै समस्या भोग्नेलाई सजिलै बनाइदिन्छु भनेर मैले यो ग्यारेज खोलेको हुँ, धिरजले बताउनुभयो । अहिले उहाँको बर्दियाको गुलरीया र मैनापोखरमा दुईवटा मोटरशाइकल ग्यारेज छ ।

समस्यामा अवसरको ढोका खुलेको त्यो दिन सम्झंदै धिरजले भन्नुभयो ‘ कामका अवसर त हामीसँगै रहेछन् नि तर के गर्नु, कुनैबेला यस्ता अवसर नदेखेर परदेश जानुपर्यो,’ उहाँ विगत सम्झनुहुन्छ ।

सन् २०११ सम्म आउदा आउदा धिरज २८ वर्षको मात्रै लाग्नुभएको थियो । उहाँको काँधमा घरको ऋण तिर्ने जिम्मेवारी थपियो नयाँ घर किन्यौंैं, त्यो बेला ऋण लाग्यो, ऋणले हातमुख जोर्न पनि गाह्रो, त्यही भएर मलेशिया परदेशिनुको बाध्यता थियो । धिरजले सुनाउनु भयोे ।

२ वर्ष मलेशिया बसेर धिरज स्वदेशमै केही गर्ने सोचका साथ घर फर्किनुभयो । तर काम के गर्ने ? कुन व्यवसाय गर्ने ? कहा लगानी गर्दा उपयुक्त हुन्छ भनेर छुट्याउन सक्नुभएको थिएन ।

मोटरसाइकल विग्रिने र बनाउने समस्याले ग्यारेज खोल्ने सोंच भने आयो । ग्यारेज खोल्ने योजना मनमा बने पनि हातमा सीप थिएन । तर भनिन्छ नि जहाँ इच्छा, त्यहाँ उपाय । धिरजले भारतबाट मिस्त्री ल्याएर काम सुरु गरेको बताउनुहुन्छ ।
६ वर्ष हुन लाग्यो धिरजको अफ्नै ग्यारेज । अहिले ६ जनालाई रोजगारी दिनुभएको छ । सबै खर्च कटाएर खान बस्न पुगेको उहाँ बताउनु हुन्छ ।

केही बर्ष अघि गुलरिया नगरपालिका ८ बस्ने शाही जीवनमा केही गर्ने आश लिएर मलेशिया पुग्नुभएको थियो । धन कमाउने आशामा परदेश पुगेका धिरजले त्यहाँ त्यति कमाई गर्न सक्नु भएन नत उहाँ उनलाई त्यति गतिलो काम नै मिल्यो । बिदेशमा थूप्रै धन कमाएर जिन्दगीको बाटो बदल्न हिडेका धिरजलाई बिदेशको तितो सत्यताले भने अवशरको ढोका खोलिदियो ।

परिवारसँग टाढा रहेर, परदेशमा घाम पानी नभनी खट्दा हुने कमाइभन्दा उहाँले परिवारसँगै बसेर यही त्योभन्दा बढी आम्दानी गरिरहेको शाहीको भनाईछ ।

‘दुःख सुखमा आफ्नाको साथ छ । पैसा त आज भए भोलि नहोला ।’ धिरज फिस्स हाँसे । ‘दुःख बिमार पर्दा सजिलो हुन्छ, परिवार र आफन्तको साथ सहयोग हुन्छ । मन नलागे आराम गर्न पाइन्छ । तर परदेशमा त दुख्दा रुन पनि पाईंदैन । बिरामी भएँ भनेर सुख पनि पाईंदैन ।’ कुरा सुनाउँदै गर्दा धिरज एकैछिन् टोलाउनुभयो ।

३६ वर्ष लागेका धिरजको भोगाइमा काम गर्न लजाउनु नै असफल हुनु हो । ‘जसले लाज मान्यो उसले कहिल्यै प्रगती गर्न सक्दैन ।’ धिरजले बताउनुभयो ।

आफ्नो ठाउँमा आफ्नो काम गर्न र अरुको सेवा गन पाउँदा अफुलाइ गर्व लागेको शाहीको भनाई छ । “नेपालमा अवशरहरु थुप्रै छन,धेरै यूवाहरुले प्रगती गरेको समाचार सुनेको छु । साँच्चै स्वदेशमै काम गर्ने मन हुने हो भने दृढ संकल्प लिएर कुनैपनी काम गरे सफलता अवश्य प्राप्त हुन्छ । कामका अवसर थुप्रै छन् । तर मन भने दरिलो हुनुपर्छ । आज भएन भनेर हरेसखानु हुदैन ।” धिरजले  बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button