तपाईँ सुन्दै हुनुहुन्छः

मेलमिलापकर्ता समाज सिन्धुपाल्चोकको अध्यक्षमा टिका सुवेदी

मेलम्ची । सामुदायिक मेलमिलापकर्ता समाज सिन्धुपाल्चोकको अधिवेशनबाट टिका सुवेदीको अध्यक्षतामा १२ सदस्य कार्यसमिति चयन भएको छ ।

शुक्रबार भएको अधिवेशनले अध्यक्षमा टिका सुवेदी, उपाध्यक्षमा तेज बहादुर खत्री, सचिवमा अप्सरा भुजेललाई चयन गरेको हो ।

त्यस्तै कोषाध्यक्षमा सुमित्रा अधिकारी र १२ स्थानिय तहबाट १ र १ जना रहने गरी १२ जनाको कार्यसमिति निर्विरोध चयन गरिएको निवर्तमान अध्यक्ष उद्धव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले मेलमिलापकर्ताले गरेको काम, न्याय सन्चालनमा सहयोगि रहेको र आफु पनि यस्मा सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र लाई जननी संस्थाको रुपमा मेलमिलापकर्ता समाजले सम्मान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button