तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा सहकारी व्यवस्थापकहरुको मञ्च गठन

दोलखा। दोलखामा सहकारी व्यवस्थापकहरुको छुट्टै मञ्च गठन भएको छ । मञ्चको अध्यक्षमा मिलिजुली साकोसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इश्वर न्यौपाने चयन हुनु भएको छ ।

जिल्ला सहकारी संघ दोलखा र जिल्ला बचत संघ दोलखाको संयुक्त आयोजनामा भएको छलफलले सहकारी व्यवस्थापकहरुको मञ्च गठन भएको हो । मञ्चको उपाध्यक्षमा रामबहादुर खत्री (एकिकृत फ्रेण्डशीप साकोस), सचिवमा रमेशचन्द्र वस्नेत (जनहित सहकारी साकोस), कोषाध्यक्ष नवराज दहाल (जनसचेतन साकोस) र सदस्यहरु दिपक वस्नेत (हाम्रो जनकल्याण साकोस), मनकुमार श्रेष्ठ (अर्थभूमि साकोस), नविन काफ्ले (शिक्षक साकोस), सुरेशराज खतिवडा (पौरखी कृषि साकोस), मेघराज घिमिरे (भीमेश्वर बहुउदेश्यीय साकोस), सविता थामी (दिलाङ साकोस), निर्मला खनाल (चेतनशील साकोस), शिवहरी शिवाकोटी (कालिनाग साकोस), सन्तोषी वस्नेत (चित्रेश्वर साकोस), हिरालक्ष्मी श्रेष्ठ (स्वर्ण साकोस) र अनिल दहाल (जिल्ला सहकारी संघ लि.) रहनु भएको छ ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाँईको अध्यक्षताम भएको कार्यक्रममा प्रदेश नम्वर तीनका सांसद पशुपति चौलगाई, प्रदेश नम्वर तीन सहकारी संघका सचिव भीमप्रसाद दाहाल, प्रदेश नम्वर तीन बचत संघका महासचिव जिवराज खड्का र नेपाली काङग्रेस दोलखाका नेता वर्मा लामाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button