तपाईँ सुन्दै हुनुहुन्छः

समयमा काम नगर्ने ठेकेदारलाइ कार्वाही हुन्छ : नेता पौडेल

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले मध्यपहाडि लोकमार्ग अन्तरगत बागलुङ घोडावाँधे क्षेत्रको सडकको समयमा काम नगरेको भन्दै ठेक्का तोड्ने र कार्वाही गर्ने तयारी भएको खुलासा गर्नुभएको छ ।

वाम गठवन्धनले बडिगाड गाउँपालिका २ दनियामा गरेको चियापान कार्यक्रममा विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषी नहुने भन्दै संघिय सांसद समेत रहनुभएका पौडेलले सो खुलासा गर्नुभएको हो ।

सो सडकको ठेक्का पाएको सुर्य कन्ट्रक्सनको मंसिर अन्तिममा समयावधि सकिदै छ । मध्यपहाडि लोकमार्ग अन्तरगत वागलुङ खण्डको अन्य सडक स्तरउन्नतीसहित कालोपत्रे हुँदा पनि सदरमुकाम जोडिएको २५ किलोमिटर सडकमा पुर्ण काम हुन सकेको छैन् ।

कार्यक्रममा सांसद पौडेलले देशको सार्वभौमिकता र सिमाको सन्दर्भमा विगतका आफ्ना नेताका भुमिकालाई हेर्न काँग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिनुभएको छ । उहाँले सरकारले कुटनीतिक माध्यमबाट सबै समस्या समाधान गर्ने बताउनु भएको छ ।

उहाँले वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङ मार्ग सुरु गरेको भन्दै दर्जन बढि कामको फेहरिस्त सुनाउनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य, गण्डकी प्रदेश व्युरो प्रमुख राजेन्द्र ढुंगानाले कम्युनिष्ट सरकारले सकारात्मक परिवर्तनका कामहरु गरिरहेको भन्दै समृद्धि कम्युनिष्ट बाहेकबाट नहुने ठोकुवा गर्नुभयो ।

जिल्ला समन्वय समिति बागलुङको प्रमुखसमेत रहनुभएका ढुंगानाले जिल्लाको समग्र विकासको लागि कम्युनिष्ट सरकार लागि रहेको दावी गर्नुभयो । अबको चुनावमा जिल्लाका सवै वडा कम्युनिष्टको हुने भन्दै सबै कार्यकर्ताहरुलाई चुनावमा होमिन आग्रह गर्नुभयो ।

त्यसैगरी प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले प्रदेश सरकार जनताको समृद्धिको लागि दृघकालिन योजनाको साथ लागेको बताउनुभयो ।

कार्यक्रममा स्थानिय निकायको निर्वाचन २०४९ र २०५४ सालमा कम्युनिष्टको तफबाट वडामा निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । मंसिर १४ मा हुने उपनिर्वाचनलाई मध्ये नजर गर्दै सो कार्यक्रम गरेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button