तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा, आर्थिक मामिला घिमिरे र विकास बिज्ञमा थपलिया नियुक्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी सचिवालयको पुनर्गठन गर्नुभएको छ  ।

प्रधानमन्त्री निवास बालुवाटारमा  शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले  प्रेस सल्लाहकारमा  नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, आर्थिक मामिला सल्लाहकारमा पूर्वसचिव लालशंकर घिमिरे र विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलियालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले केही दिनअघि सचिवालयमा रहेका  ६ जनाले दिएको राजीनामा स्वीकृत गर्नुभएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button