तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने

वासिङ्टन डिसी,  ३० कात्तिक–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जानुहुने भएको छ । नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

“राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने’ ।
ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जानुहुने उल्लेख गरिएको छ ।

आउदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उहाँले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्नु हुने भएको छ ।
रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button