तपाईँ सुन्दै हुनुहुन्छः

सिमावर्ती क्षेत्र सन्दकपुरमा विद्याथीले फहराए नेपाली झण्डा

Image may contain: one or more people, people standing, sky, outdoor and nature

इलाम –इलामको सिमावर्ती क्षेत्र सन्दकपुरमा विद्यार्थी र भारतीय सुरक्षबल (एसएसबी) बीच शनिबार सामान्य झडप भएको छ ।

भारतले नेपालको भुमिलाई आफ्नो नक्शामा समावेश गरेपछि विरोध जनाउँदै आएको अखिल नेपाल विद्यार्थी युनियन इलामले सन्दकपुरमा प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

Image may contain: 8 people, including Prabesh Parajuli, people smiling, outdoor

सन्दकपुर गाउँपालिकाले सन्दकपुरकै आहालटारमा निर्माण थालेको भ्यूटावरमा एसएसबीले हस्तक्षेप गर्दै निर्माण कार्य रोकेको थियो । सो निर्माणधिन भ्युटावर भएको स्थानमा विद्यार्थीहरुले नारा जुलुससहित नेपाली झण्डा राख्ने क्रममा झडप भएको अनेरास्ववियु इलामका जिल्ला सदस्य सुशान्त चापागाईले बताउनुभयो ।

Image may contain: 2 people, outdoor

विद्यार्थीहरुले भारतीय सीमा सुरक्षा बल ( एसएसबी )ले सीमामा पर्ने नेपाली भूभागमा फोटो खिच्न तथा निषेधित क्षेत्र लेखेको बोर्ड हटाएका छन । सन्दुकपुरको सबैभन्दा अग्लो भूभागमा जाने बाटोमा एसएसबीले उक्त बोर्ड राखेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button