तपाईँ सुन्दै हुनुहुन्छः

तराई मधेस समृद्धि कार्यक्रमले मधेसको विकासमा योगदान गरेको छ : मन्त्री पण्डित

जनकपुरधाम – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तराई मधेसको विकासका लागि ल्याईएको तराई मधेस समृद्धि कार्यक्रमले यस क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताउनु भएको छ ।

सामान्य प्रशासनमन्त्री पण्डिले कुम्भकार जातिय कुट्टीको नव निर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाले तराई मेधशमा पछाडि परेका वर्गको आर्थिक, सामाजिक विकासमा तराई मधेश समृद्धि कार्यक्रमले निक्कै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

संघीय मामिलामन्त्री पण्डितले वर्तमान सरकारको पालामा नै वर्षौदेखि अवरुद्ध रहेको हुलाकी सडकको निर्माणमा तीब्रता दिने कामकाज भएको बताउनुभयो ।

स्थानीय पालिकाहरुले कर्मचारीको अभाव भन्दै जनताको पक्षमा कामकाज राम्रोसँग नगरेको कारणले नै नयाँ विज्ञापन गरेको र संघीय सरकारमा रहेका कर्मचारीलाई रोजाईको आधारमा खटाउने कामकाज गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button