तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगद्वारा स्थानीय तहको उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशन

काठमाडौँ– निर्वाचन आयोगले मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी ४८ पदका लागि २ सय ८२ उम्मेदवारको मनोनयन दर्ता भएकोमा ९ उम्मेदवारले नाम फिर्ता लिएपछि २ सय ७३ जनाको अन्तिम नामावली प्रकाशन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तह गरी ३७ जिल्लाका ५२ स्थानमा उप निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button