तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीको पूर्वपट्टीको भाग नेपालः सभापति देउवा

हरिश चन्द्र बाग, कञ्चनपुर । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले महाकाली सन्धीमा महाकाली नदीको उद्गम स्थलदेखि पूर्वपट्टीको भाग नेपालको भूमि भन्ने उल्लेख भएकोले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकोमा कुनै अन्यौल नरहेको बताउनु भएको छ ।

आज बिहान कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित कार्यक्रममा सभापति देउवाले महाकाली सन्धिमा महाकाली नदीको पानी आधा नेपाल र आधा भारतले पाउने भन्ने उल्लेख भएकाले नेपाली पक्षले आधा पानी पाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button