तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकमा नै जनस्तरबाट पहिलोपटक स्थापित संस्कृत पाठशालामा पुन संस्कृत पढाउनु पर्नेमा जोड

 काठमाडौँ – संस्कृत भाषामा भएको ज्ञान र दर्शनको विकासका लागि संस्कृतको अध्ययन अध्यापनमा सरकारले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा वक्तहरुले विक्रम संवत १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्द अधिकारीले स्थापना गर्नुभएको संस्कृत पाठशालामा १२ वर्षे द्वन्द्वका क्रममा पठनपाठन बन्द भएकोमा फेरी संस्कृत पढाउनुपर्नेमा जोड दिइएका हो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले संस्कृत ज्ञानमा आधारित शिक्षा भएकाले यसको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले षडानन्दले सौर्यशक्तिको उपासना गरी दिङ्लाबाट विश्वभर अध्यात्मको ज्योति जगाएको बताउनुभयो ।

त्यस अवसरमा प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य राजेन्द्र राई, षडानन्द नगरपालिकाका नगर प्रमुख बीरबल राई, प्रतिष्ठानका अध्यक्ष चेतोनाथ गौतमलगायतले षडानन्दको योगदान र संस्कृतको महत्वका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button