तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैंकले टे«जरी बिल बिक्री गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८५ करोड ५० लाख ९३८५.५० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु दुई अर्ब टे«जरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।

आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै रु एक अर्ब ८५ करोड बराबरको टे«जरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button