तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलले ठक्कर दिँदा तनहुँमा पैदलयात्रीको मृत्यु

तनहुँ । मोटरसाइकलले ठक्कर दिँदा तनहुँमा एक वृद्धको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत व्यास ५ मोचाबारीमा पैदल यात्रा गरिरहेका म्याग्दे गाउँपालिका१ मानहुँका ७६ वर्षीय लोकबहादुर बिकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थर्पुबाट दमौलीतर्फ आउँदै गरेको बा ८२ प ६४९० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते बिकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपि लिलाराज लामिछानेले बताउनुभयो ।

मोटरसाइकलको ठक्करबाट बिकको दायाँ खुट्टा र कानमाथिको भागमा गहिरो चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button