तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट भानुमा एकै परिवारका ४ जना घाइते

तनहुँ । तनहुँको भानु नगरपालिकाको वडा नं २ स्थित फुस्रेटारमा आइतबार बिजुली लाइन शर्ट भई आगलागी हुँदा एकै परिवारका ४ जना घाइते भएका छन् । घरमा जडान गरिएको बिजुली शर्ट भए लगत्तै आगलागी हुँदा नजिकै रहेको ग्यास सिलिन्डरमासमेत आगलागी भएको थियो ।

आगलागीबाट भानु २ फुस्रेटार निवासी वर्ष ३२ का करन नेपाली उनको श्रीमती वर्ष २८ को बि माया नेपाली, १३ वर्षिया छोरी ब्रिटिषा नेपाली र ११ वर्षीय छोरा बिपिन नेपाली घाइते भएका छ्न ।

आइतबार साझ ९ बजे भएको आगलागी इलाका प्रहरी कार्यालय भानुका प्रहरी नायब निरीक्षक पुर्ण बहादुर थापाको टोली, नेकपा भानु २ का अध्यक्ष सन्तोष श्रेष्ठ तथा स्थानीय बासिन्दाहरुले प्रयासमा नियन्त्रणमा लिइएको थियोे ।

आगलागीबाट घाइते भएकाहरुलाई उपचारका लागि तत्काल लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पतालमा पठाइएको छ ।

आगलागीबाट करिब दुई लाख भन्दा बढीको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button