तपाईँ सुन्दै हुनुहुन्छः

मुरी भित्र्याउने चटारोमा किसान

मेलम्ची। जिल्लाका किसान धान भित्राउने चटारोमा व्यस्त छन् । ढिलो गरी भएको असारे वर्षाले हतारमा रोपाई सकेका कृषकले अहिले पालोपर्ममा बाली भित्राउन कस्सिएका हुन् ।

छिमेकीसँगै बिटा लगाउन वा बाली भित्राउन हतारिएका बाह्रबिसे नगरपालिका वडा नं. ९ राम्चेका चक्रध्वज तिवारी अत्तालिएका देखिन्थ्ये । मौसममा अनुकुलता नभएको सोचेका तिवारीले असिना पानी झर्ने त्रासले धान भित्राउन हतार गरे । ‘मौसम मिलेको छैन्, कहिले असिना झर्ला भन्ने डर लागिरहन्छ, त्यही भएर हरियो भएपनि धान काटेर, झारेर भित्राउँदैछौ ।’ ’ उहाँले बताउनुभया।

उनकाअनुसार पहिले कात्तिक लागेपछि मात्रै जाडो हुन्थ्यो तर, यसपाली असोजको पहिलो साताबाटै जाडो सुरु भएको छ । ‘वर्षातको डर छ, माना रोपेर मुरी फल्ने बेला असिना पानी परे सबै पसिना खेर जान्छ,’ उहाँले बताउनुभयोे ।

खेताला नपाएपछि परिवारकै सदस्य मिलेर धान झारिरहेकी बलेफी गाउँपालिका फुल्पिङकोटकी जुना थापाले भन्नुभयो धान भित्राउनकै चटारोमा सबैतिर एकैपटक लागेकाले हाल खेताला पाउन समेत हम्मे परेको छ ।’

ज्याला बढ्नुकासाथै खेताला पाउन छोडेपछि धान भित्राउन परिवारकै सदस्य मिलेर लागेको तामाङले बताइन् । थापालाई असारभरीको दुख रोपाईं धानको भकारी कस्दा खुब आनन्द लागेको छ ।

नगरदेखि दुर्गमसम्म सबै कृषकमा धानकै चटारोले छोएको छ । जिल्लाकै अत्यधिक धान उत्पादन हुने मेलम्ची नगरपालिकामा यो वर्ष धान उत्पादन बढेको किसानको भनाई छ । मेलम्ची नगरपालिका फट्केश्वरका राजकुमार भट्टराईले धानको लागि मेसिन पालैपालो गरेर प्रयोग गर्ने गरेको सुनाए । ‘ऋण गरेर बनाएको घर भएपनि धान भित्राउन सजिलो भएको छ,’ उनले भने, ‘तर टहरामा बसिरहेकालाई भने अझै समस्या बनेको छ ।’ उहाँले केही किसानले धान काटेकै खेतमा त्रिपाल ओछ्याएर सुकाउन बाध्य भएको बताउनुभयो ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याकंअनुसार जिल्लामा १२ हजार दुईसय ३५ हेक्टर क्षेत्रफलमा धान लगाइने गरिएको छ । जसअनुसार यो वर्ष ३४ हजार मेट्रिक धान उत्पादन हुने अनुमान गरिएको छ । ९९ प्रतिशत भुभागमा रोपाईं भएकोमा ८ प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको १२ वटै स्थानीय तहका विषयगत कृषि विकास शाखाले जनाएका छन् । ढिलो गरी असारे वर्षात हुनु, असोजबाटै जाडो बढ्नुजस्ता जस्ता विभिन्न वातावरणीय प्रभावका कारणले कृषकले बाली भित्राउनलाई हतार गरिरहेको जनप्रतिनिधिले बताएका छन् । हिमालीदेखि पहाडी इलाकाका क्षेत्रसम्म धान झार्ने र काट्ने काम तीव्र रुपमा भइरहेको छ ।

अघिल्लो वर्षमा चारसय हेक्टर जमिन बाझो थियो । हाल दुइसय मात्रै खाली जग्गा देखिएको तंथ्याक पाइएको छ । ‘यसले धान उत्पादन बढ्ने देखिन्छ, त्यसैले कृषक उत्साहसाथ फसलमा जमिरहेका छन्,’ चौतारा नगरपालिकाका कृषि कार्यालयका दुर्गादत्त पन्थीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button