तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकाद्वारा रेडक्रस महेन्द्रनगर शाखालाई तीन लाख सहयोग

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले ब्लड बैंक स्थापनाका लागि शाखा महेन्द्रनगरलाई आर्थिक सहयोग गरेको छ । आज  एक कार्यक्रमका बीच नगरपालिकाले रेडक्रस शाखालाई ब्लड बैंक सञ्चालन एंव व्यवस्थित गर्न अनुदान स्वरुप तीन लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।
नगर प्रमुख सुरेन्द्र विष्टले रेडक्रस शाखा महेन्द्रनगरका सभापति टेकराज उप्रेतीलाई उक्त चेक हस्तान्तरण गर्नुभएको छ । चेक हस्तान्तरण गर्दै नगर प्रमुख विष्टले गत वर्ष देखि दिदैँ आएको अनुदान सहयोगलाई निरन्तरता दिइएको बताउनुभयो  ।
उहाँका अनुसार नगर क्षेत्रमा रगत अभाव नहोस् भनेर सञ्चालन गरिएको ब्लड बैंक व्यवस्थीत गर्न सहयोग गरिएको हो । नगरपालिकाले गत आर्थिक वर्षमा पनि रेडक्रसलाई तीन लाख सहयोग गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button