तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

मकवानपुर –प्रदेश ३ का प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आज नियुक्तिसङ्गै सपथग्रहण गर्नुभएको छ । आयोग अध्यक्षमा नियुक्त भएसङ्गै श्रेष्ठले आज पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको सिफारिस समितिको सिफारिसमा उहाँलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नियुक्त गर्नुभएको हो ।

उहाँलाई आज एक समारोहका बीच ३ नम्बर प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथग्रहण गराउनु भएको हो । यस अघि उहाँलाई आज नै प्रदेश प्रमुखले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।

पूर्वसचिवसमेत रहनुभएका श्रेष्ठलाई मुख्यमन्त्री डोरमणी पौडेल संयोजक र सदस्यहरुमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको समितिले प्रदेश लोकसेवा आयोगको अध्यक्षका लागि गत कार्तिक २७ गते सिफारिस गरेको थियो । समितिले सिफारिसपछि प्रदेश प्रमुखले उहाँलाई अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

सपथ ग्रहण पश्चात पत्रकारहरुसंग संक्षिप्त प्रतिकृया दिँदै अध्यक्ष श्रेष्ठले निश्पक्ष ढंगले राम्रा र योग्य व्यक्तिलाई निजामति सेवामा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

सपथ ग्रहण कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका विभिन्न मन्त्रीहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुालललगायतको सहभागीता थियो ।

२०१५ सालमा लमजुङको दुराडाँडामा जन्मिनुभएका श्रेष्ठले २०४१ सालमा शाखा अधिकृतबाट निजामती सेवा शुरु गर्नुभएको थियो । ३२ वर्ष निजामती सेवामा काम गर्नुभएका उहाँले श्रम तथा रोजगार मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button