तपाईँ सुन्दै हुनुहुन्छः

पिखुवा खोलामा मोटरेवल पुल निमार्ण शुरु

भोजपुर । भोजपुर सदरमुकामबाट जिल्लाको दक्षिण मानेभञ्ज्याङ हुदै घोरेटार जोड्ने सडक अन्तर्गत पिखुवा खोलामा निर्माण गर्न लागिएको मोटरेवल पुल निमार्ण शुरु भएकोे छ ।

प्रदेश नम्बर १ भौतिक पूर्वाधार विकास मन्त्रालयले छुट्याएको ६ करोड १३ लाख ५३ हजार ५३ रुपैयाँ लागतमा पुल निर्माण शुरु भएको हो ।

कुल ८६ मिटर लम्बाई रहेको पुलको आगामी २०७८ साल असारसम्ममा सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी मार्सेली निर्माण सेवाले काम अघि बढाएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button