तपाईँ सुन्दै हुनुहुन्छः

अछामको वैद्यनाथमा दर्शनार्थी बढ्दै

अछाम – नेपालकै चार धाम मध्येको एक अछामको बैद्यनाथ धाममा दर्शनार्थीहरुको आर्कषर्ण बढ्दै गएको छ । बैजनाथ धाममा दैनिक जसो ५०/६० जनाले दर्शन गर्ने गरेका छन् ।

बैद्यनाथ धाममा दर्शन गर्दा मनोकाँक्षा पुरा हुनुका साथै पुण्य प्राप्त हुने विस्वास रहेकाले दैनिक ६० जनासम्म दशनार्थीहरु पुँजाआजाका लागि पुग्ने गरेका बैजनाथ धाम बेद बिद्याआश्रमका शिक्षक केशवराज जोशीले बताउनुभयो ।

मन्दिरमा नेपाल एकिकरण समयका ऐतिहासिक सामाग्री रहेकाले अवलोकनका लागि अन्य पर्यटकहरुको आकर्षण पनि बढ्दै जाने अपेक्षा रहेको साँफेबगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष अमरबहादुर शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button