तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकपको छनौट : नेपाल र कुवेत भिड्दै

काठमाडौं । भुटानको थिम्पुमा जारी फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । खेल प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनको एनटीभी प्लसबाट हुने भएको छ ।

यस्तै भुटान फुटबल फेडेरेसनले माइकुजु टिभीबाट पनि प्रत्यक्ष प्रशारण गर्नेछ । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि नेपाल र कुवेतले न्युट्रल भेन्यु भुटानमा खेल्न लागेको हो ।

बलियो कुवेतविरुद्ध मैदानमा उत्रँदा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button