तपाईँ सुन्दै हुनुहुन्छः

युरोकप छनोटमा इटालीको ऐतिहासिक जित !

एजेन्सी। सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युरोकप छनोटमा ईटालीले ऐतिहासिक जित निकालेको छ ।

ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले हराएपछि फुटबल ईतिहासिमै ईटालीले एउटा ठुलो अन्तरको जित प्राप्त गरेको हो ।

सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गरे ।

अर्मिनियाका ईडगर बाबायानले एक गोल फर्काए । बाबायानले ईटालीलाई ईतिहासकै सबैभन्दा ठुलो जित निकाल्नबाट भने रोकेका थिए । सन् १९४८ मा ईटालीले अमेरिकालाई ९–० गोल अन्तरले हराएको थियो ।

विश्वकप २०१८ मा छनोट हुन असफल ईटालीले युरोकप छनोटमा भने शानदार प्रर्दशन गर्यो । ईटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्यो । अर्मिनिया १० अंक सहित पाँचौ स्थामा रह्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button