तपाईँ सुन्दै हुनुहुन्छः

आजको सुनको मूल्य यस्तो छ

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ४ सयले बढ्दै ७२ हजार रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ । तेजाबी सुन पनि प्रतितोला ४ सयले नै बढेको हो ।

चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button