तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दै

तुलसीपुर । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् ।

दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् ।दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दै

नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४५१, घोराहीमा एकहजार २८०, बिजौरीमा १०७, बेलझुण्डीमा ६४ हापुरेमा ७१ ग्राहक रहेका छन् ।

उनका अनुसार तुलसीपुरमा चार हजार १७० ग्राहकलाई इन्टरनेट पु-याउन सक्ने क्षमता रहेको छ । त्यस्तै घोराहीमा चार हजार ९४४ क्षमता रहेको छ । त्यस्तै टेलिकम तुलसीपुर मातहत रहेको सल्यानमा ३०५, रोल्पामा ४४९, प्यूठानमा १५६ इन्टरनेट प्रयोग कर्ता रहेको केसीले बताए ।

प्रभावहीन फोरजी

दाङसहित विभिन्न जिल्लाका शहरमा शुरु भएको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन । दाङको घोराही, तुलसीपुर तथा लमहीमा फोरजी सेवा शुरु भएको हो तर यो सेवा प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । केन्द्रकै समस्याका कारण प्रभावकारी बन्न नसकेको सूचना अधिकारी केसीले बताए । “यो समस्या यताबाट होइन”, उनले भने, “केन्द्रीय समस्याका कारण यस्तो समस्या देखिएको छ ।”

अहिलेको फोरजी सेवा ६५ लाख जनसङ्ख्यालाई धान्ने खालको योजना रहेको केसीले बताए । त्यसका लागि तुलसीपुरको गुम्राहा चोकदेखि बिपी चोकसम्म फोरजीको लाइन तानी सकेको र सडक विभागले घोराही रोडमा सडक निर्माण गर्न लागेको हुृँदा फोरजीको काममा केही समस्या भएको उनको भनाइ छ ।

चारवटा टावर सञ्चालन

दाङमा पनि मोबाइलको टावर विस्तारलाई तीव्रता दिइएको छ । गत वर्ष मात्रै दाङमा १२ वटा टावर निर्माण भएका छन् । जसमध्ये चारवटा टावर सञ्चालन भएका छन् भने अन्य टावर सञ्चालन हुने अन्तिम प्रक्रियामा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button