तपाईँ सुन्दै हुनुहुन्छः

कुवेत विरुद्धको खेलमा नेपाल एक शुन्यले पराजित

अजय बम । फिफा विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेलमा नेपाल एक शुन्यले पराजित भएको छ । कुवेतको घरेलु मैदानमा यसअघि ७–० ले हारेको नेपालले आफ्नो होम खेलमा भने सम्मानजनक हार ब्यहोर्याे ।

भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवात देखि नै नेपालमाथि दबाव दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो । त्यसो त नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । २३ औं मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अभिशेख रिजाल डिबक्स भित्र चुक्न पुगे ।

तर, २८ औं मिनेटमा नेपालले गोल खान पुग्यो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् । यो जितले कुवेतको पाँचा खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button