तपाईँ सुन्दै हुनुहुन्छः

‘साग’ मा नेपालबाट ५९९ खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालबाट ५९९ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

साग तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपालबाट कुल ५ सय ९९ खेलाडीले सहभागिता जनाउने जानकारी गराएको हो । सागमा नेपालले सबै २७ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

जसमा ३ सय १२ पुरुष र २ सय ८७ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक रिम बहादुर रानाभाटले जानकारी गराउनुभयो । यस्तै रानाभाटले सागमा नेपालले कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको समेत बताउनुभयो ।

सागका लागि बन्द प्रशिक्षणमा रहेका ११ सय ९७ खेलाडीबाट नेपालले ५ सय ९९ खेलाडी छनोट गरेको हो । नेपालले सागलाई लक्षित गरी गत जेठ पहिलो साताबाट प्रशिक्षण थालेको थियो ।

यस्तै तयारी समितिले नेपाली टिमको तयारीबारे समेत जानकारी दिएको थियो । सागका लागि १२ खेलको प्रशिक्षण विदेशमा र बाँकी नेपालमै भईरहेको समितिले जनाएको छ ।

काठमाडौंमा एथ्लेटिक्स, बक्सिङ, ब्याटमिन्टन, फेन्सिङ, गल्फ, जुडो, कराते, सुटिङ, स्क्वास, टेबल टेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारत्तोलन, उसु, साइक्लिङ, भलिबल, पुरुष फुटबल, क्रिकेट, बास्केटबल र कबड्डी हुनेछन ।

पोखरामा बीच भलिबल, आर्चरी, प्याराग्लाइडिङ, ह्याण्डबल, महिला फुटबल हुनेछन । बर्दियामा खो खो र जनकपुरमा कुस्ती हरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button