तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा जलविद्युत, कृषि, पर्यटन, र औद्योगिक क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित उद्यमी–व्यवसायीको भेलामा उपप्रधानमन्त्री पोखरेलले नेपालमा वैदेशिक लगानीलाई कुनै किसिमको समस्या नभएको र लगानीको प्रतिफल सजिलै लगानीकर्ताले लैजान पाउने कानूनी व्यवस्था रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button