तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक बस्दैं

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज विहान बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उहाँले जानकारी दिनुभयो ।

एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।

पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button