तपाईँ सुन्दै हुनुहुन्छः

लगातार ५ खेल हारेको ब्राजिलले छैटौं खेलमा हात पार्यो जित

एजेन्सी । लगातार पाँच खेल हारेको ब्राजिलले छैटौं खेलमा भने जित हासिल गरेको छ । मंगलबार अबुधावीमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियालाई ३–० गोलले हराएर छैटौं खेलमा जित हात पारेको हो ।

गत शुक्रबार अर्जेन्टिनासँग हारेको ब्राजिल जुलाईमा कोपमा अमेरिका जितेपछि विजयी हुन सकेको थिएन ।

डि लिमाले खेलको नवौं, काउटिन्होले ३६ र डानिलोले ६० मिनेटमा गोल गर्दै ब्राजिललाई जिताएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button