तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारबाट प्राप्त एम्बुलेन्स उद्घाटन

अछाम – अछाम जिल्लाका बिभिन्न स्वास्थ्य चौकीलाई प्राप्त अत्याधुनिक एम्बुलेन्सबाट सेवा सूचारु गर्न थालिएको छ । ख बर्गका अत्याधुनिक किसिमका एम्बुलेन्सबाट सेवा सुचारु गर्ने क्रममा साँफेबगर नगरपालिका वडा नम्बर १३ मा रहेको बाब्ला स्वास्थ्य चौकीलाई प्राप्त एम्बुलेन्सको उद्घाटन गरिएको हो ।

उद्घाटन गर्दै नगरप्रमुख कुल बहादुर कुवँरले वडा, नगरलगायत सबै नागरिक मिलेर एम्बुलेन्स चलाउनु पर्ने बताउनु भएको छ । उहाँले एम्बुलेन्स संगसंगै सडकको स्तरोन्नतीका लागि पनि पहल गरिने बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयबाट प्राप्त एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण पनि गरिएको छ । प्रदेश सरकारबाट जिल्लाका ४ स्वास्थ्य संस्थाका लागि सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button