तपाईँ सुन्दै हुनुहुन्छः

इजरायली प्रधानमन्त्री बेन्जामिनलाई लाग्यो भ्रष्टाचार र ठगीको अभियोग

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतायाहुलाई इजरायलका महान्याधिवक्ताले, तीन भिन्न मुद्धासँग सम्बन्धित भ्रष्टचार, ठगी र विश्वासको उल्लंघन गरेको अभियोग लगाएका छन् ।

यसैगरी इजरायली प्रधानमन्त्री नेतायाहुलाई धनी व्यापारीहरुबाट उपाहार लिने गरेको समेत आरोप लागेको छ ।

प्रधानमन्त्री नेतायाहुले पछिल्लो अभियोगलाइ ‘कु’ गर्ने प्रयासकारुपमा आएको भन्दै आफले पदबाट कुनै पनि हालतमा राजिनामा नदिने बताउनु भएको छ ।

साथै उहाँले इजरायली अधिकारीहरु सत्यको पछि नभई आफ्नो पछि लागेको बताउनु भयो ।

इजरायलका महान्याधिवक्ताले आफूले भारी मनले उक्त निर्णय गरेको भन्दै इजरायलमा कोही पनि कानून माथी नरहेको स्पष्ट पार्नु भयो ।

इजरायली प्रधानमन्त्री नेतायाहुका समर्थकहरु आरोपका विरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शनका लागि जम्मा भएका बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button