तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामै हाडजोर्नी प्रत्यारोपण सेवा

जुम्ला – जुम्लामा अमेरिकाका विशेषज्ञ चिकित्सकद्वारा घुँडा, हात, हिप, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएकोलगायत जोर्नीको शल्यक्रिया हुदैछ ।

चन्दननाथ नगरपालिका–१० का अनन्त शाहीलाई पहिलो पटक जुम्लामा हाडजोर्नी प्रत्यारोपण सेवा प्रदान गरिएको छ । हाडजोर्नी प्रत्यारोपणका लागि विषज्ञ चिकित्सक जुम्ला पुगेको खबर सुन्नासाथ कुम फुस्कने समस्याले ग्रस्त भएका शाही अस्पताल पुगेका थिए । उनको सफल शल्यक्रिया भएको छ । त्यस्तै चन्दननाथ–३ का गोविन्द खत्री पनि हाडजोर्नी सम्बन्धीको सफल शल्यक्रिया भएको छ ।

अनन्त र गोविन्दसंगै करिब १० बिरामीको हाडजोर्नी आरथ्रोस्कोपी शल्यक्रिया गरिएको छ । अमेरिकाको अरिगन स्टेडको राजवाक अस्पतालका विशेषज्ञ चिकित्सक हाडजोर्नी प्रत्यारोपण सेवा दिन जुम्लामा पुगेका छन् ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा घुँडाको जोर्नी, हातको जोर्नी, घुँडा, हिप, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएको लगायत जोर्नी प्रत्यारोपण गर्न अमेरिकी डाक्टर माइकल डेभिड भ्यान एन्ड्रोयड शिक्षण अस्पताल पुगेर सेवा दिईरहेका छन् ।

प्रतिषठनका हाडजोर्नी विभाग प्रमुख डाक्टर मंगल रावलका अनुसार नेपालका ठूला भनिने एक दुई अस्पतालमा मात्रै यो सेवा छ । ‘सस्तो शुल्कमा स्तरीय सेवा दिनेगरी एक महिनाका लागि भोलेन्टियर सेवा दिन अमेरिकाबाट विशेषज्ञ चिकित्सक पुगेका हुन् ।

शिक्षण अस्पताललाई हाडजोर्नी प्रत्यारोपण केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘काठमाडौँका अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दा कम्तीमा ६ लाख बढि रुपैयाँ लाग्छ । तर ‘त्यही सेवा जुम्लामा एकदेखि ५०/६० हजारमै हुने गरी उपचार सुरु गरिएको काफ्लेको भनाई छ ।

उनका अनुसार गएको कार्तिक १६ गतेबाट मंसिर १६ गते सम्म एक महिनाका लागि हाडजोर्नी प्रत्यारोपण सेवा अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सकको सहयोगबाट सञ्चालन भईरहेको छ ।

विरामी अन्नत शाहिका अनुसार जुम्लामा उपचार सम्भव छैनकी सोचेको थिए । ठूला शल्यक्रिया जुम्लौ हुँदा विपन्न नागरिकलाई धेरै राहत भएको भन्दै बाहिर जिल्लामा महंगो खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएको उनको भनाई छ ।

कर्णालीमा प्रतिष्ठानको सेवा प्रवाह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लमा विभिन्न क्षेत्रका ३२ जना विशेषज्ञ चिकित्सकले सेवा दिएका छन् ।
जनरल सर्जरीका ४ जना, बालरोग विशेषज्ञ १ जना, बेहोस बनाउने ४ जना, एमडिजिपि ५ जना, मनोचिकित्सक २ जना, प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ २ जना, मेडिसिन २ जना, रेडियोलोजिस्ट २ जना, फरेन्सी मेडिसिन १ जना र दन्तरोग विशेषज्ञ गरी ११ वटा विभाग सञ्चालन गरिएको प्रतिष्ठानका अस्पताल निर्देशिक धर्मराज गोसाईले बताए ।

त्यसैगरी प्रतिष्ठानले कर्णाली प्रदेशका सुर्खेतमा ३ जना, जाजरकोटमा १ जना, हुम्लामा २ जना, डोल्पामा १ जना र रुकुममा १ जना विशेषज्ञ चिकित्सक पठाएर सेवा दिईरहेको जनाएको छ ।

प्रतिष्ठानमा सवै भन्दा बढी नसा तथा हाडजोर्नीका रोगी आउने गरेको जनाएको छ । गत बर्षमा ६ हजार ६ सय ९३ जनाले सेवा लिएको तथ्यांक रहेको छ । कर्णाली प्रदेशका जुम्ला, जाजरकोट, कालिकोट, मुगु, डोल्पा जस्तो भिरालो भौगोलिक भु बनोट भएका जिल्लाबाट नसा तथा हाडजोर्नीका बिरामी आउने गरेको जनाएको छ ।

यहाँका मानिसहरु बढी शाररिक रुपमा काम बढी गर्ने भारी बोक्ने र भिरालो जमिन भिरपाखाबाट लोट्ने, सवारी दुर्घटना पनि हुने भएकोले यो रोगका विरामी बढेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button