तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा विवाहपञ्चमीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन साँस्कृतिक पर्व विवाहपञ्चमीले नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न मद्दत पुगोस् भनी कामना गर्नुभएको छ ।

विवाहपञ्चमीको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यस्ता पर्वले आदर्श एवं उच्च मर्यादित समाज निर्माण र राष्ट्रिय एकताको भावना जागृत गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मार्ग शुक्लपञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष सम्झनामा मनाइने विवाहपञ्चमीको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

‘आदिकालमा ज्ञान, शिक्षा र साँस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगाँैयुगदेखि हुँदै आएको छ, यस्तो गौरवपूर्णस्थलमा हुने विवाहपञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ’ राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button