तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा बलात्कार पछि जलाएर हत्या : विरोधमा हजारौंको प्रर्दशन

हैदराबाद । भारतको हैदराबादमा एक महिलाको बलात्कार पछि भएको हत्याको विरोद्धमा हजारौें सर्वसाधारणले भाग लिएका छन् । हिजोका भएकोे प्रदर्शनमा प्रदर्शनकारीले हत्याको ४ अभियुक्तलाई राखेकोे प्रहरी चौकी अगाडि धर्ना दिई अभियुक्तहरुलाई आफ्नो जिम्मा लगाउन माग गरेका थिए ।

गत बिहिबार हैदराबादको शादनगरमा एक २७ बर्षीय महिलाको शव जलाएर फालिएको अवस्थामा भेटे पछि विगत केही दिनदेखि त्यहाँ प्रदर्शन जारी रहेको छ ।

शव पूर्णरुपमा जलेका कारण प्रमाण जुटाउन कठिन भए पनि पीडितको बलात्कार पछि हत्या भएको अनुमानमा अनुसन्धान अगाडि बढिरहेको प्रहरी बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button