तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा

काठमाडौं । नेपाल र थाइल्याण्डबीचको औपचारिक कूटनीतिक सम्बन्ध आजदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एकापसमा बधाई तथा शुभकामना आदानप्रदान गरेर विद्यमान दुईपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका थाई समकक्षी डन प्रमुदिनीले बधाई तथा शुभकामना आदानप्रदान गर्दै सहयोगमैत्री, आपसी विश्वास र समझदारीमा आधारित दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र थाइल्याडबीच ३० नोभेम्बर १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button